कालिका मावि देवघाटलाई भारतीय दुतावासबाट स्कुल वस प्राप्त

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ३

देवघाट गाउँपालिका-५ क्युँदी स्थित कालिका माविलाई भारतीय राजदुतावासले स्कुल वस उपलब्ध गराएको छ ।

नेपाल भारत विकास साझेदारी अन्तर्गत काठमाडौं स्थित भारतीय राजदुतावासले कालिका मावि देवघाट सहित देशका विभिन्न सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

उक्तको बसको चाबी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठ र विद्यालयका सहायक प्रअ युवराज साँखीले ग्रहण गरेका थिए ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्कुल वस प्राप्त भएपछि टाढा टाढाका विद्यार्थीलाई विद्यालय जान आउन अब निकै सहज हुने बताए । कालिका माविले अब चाडै नै बस सन्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो