भानुमा औधोगिक ग्रामका लागि १ करोड बजेट

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

तनहुँको भानु नगरपालिकामा औधोगिक ग्रामका लागि १ करोड बजेट प्राप्त भएको छ । नगरपालिकाको वडा नं. ३ को खहरे बजार देखि ६ सय मिटर नजिकै करिब ५८ रापनी क्षेत्रफल भएको जग्गामा औधोगिक ग्राम निर्माणाधीन अवस्थामा छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औधोगिक ग्राम निर्माणका लागि १ करोड रकम बिनियोजन गरेको र असार मसान्त काम सक्न टेन्डर प्रकृया समेत शुरु हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

नगरपालिकाले सो स्थानमा औधोगिक ग्राम निर्माणका लागि २४ करोड, २८ लाख पचासी हजार रुपैंयाको डिपिआर तयार गरिसकेको प्रमुलप्रशासकीय अधिकृत पौडेलले बताए ।

औधोगिक ग्रामका लागि पहुँचमार्गको स्तरोन्नती गर्ने, औधोगिक ग्राम भित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्याउने र रिटर्निङ बाल लगाउने कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने र औधोगिक प्रयोजनका लागि ट्रस निर्माण गरिने नगरपालिकाका उप–मेयर उमा गोतामेले बताईन् ।

नगरपालिका भित्र औधोगिक ग्राम स्थापना गरि विभिन्न उद्योग संचालन गर्न अनुमति दिने र नगरपालिकाका जनशक्तिलाई काममा रोजगारी सृजना गरि नगरबासीको आर्थिक अवस्था उकास्ने नगरपालिकाको मुख्य उदेश्य रहेको नगरका मेयर आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी