बेलचौताराको प्रहरी गणमा स्वास्थ्य शिविर

Devghat Online

शेयर गरौ

दुलेगौंडा, बैशाख ३१

जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका स्वास्थ्यकर्मीहरुद्वारा सोमबार नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारामाका सुरक्षाकर्मीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भयो ।

जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा, तनहुँका मेडिकल डाईरेक्टर डा.राम कुमार श्रेष्ठ लगायत ६ जना स्वास्थ्य कर्मीहरुले गणमा कार्यरत १३० जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

उक्त निःशुल्क शिविरमा प्रेसर, सुगर चेकजाँच लगायत अन्य स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो । उक्त शिवरमा नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौरा तनहुँका गण प्रमुख केदार खनालले जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा, तनहुँ र उक्त अस्पतालबाट स्वास्थ्य शिविरमा खटिनु भएका मेडिकल डाईरेक्टर डा.राम कुमार श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन र बेचबिखन नगर्न स्वास्थ्य कार्यालयको अनुरोध

तनहुँ । असार २५ प्रदेश स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ र सेवन र