चुँदी खोलामा बृहत सरसफाई अभियान (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

डुम्रे, जेठ ५

भानु नगरपालिका–१ र बन्दिपुर गाउँपालिका–१ को सिमाना भई बग्ने चुँदी खोलामा शनिबार बृहत सरसफाई अभियान सन्चालन गरिएको छ । दमौलीका युवा सामाजिक अभियन्ता मोहम्मद गफ्फार र भानुका युवा अभियन्ता मनोजकुमार श्रेष्ठको पहलमा चुँदी खोलामा सरसफाई गरिएको ।

सो अभियानमा भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ग्रिन आर्मी टिम, विभिन्न सामुदायिक तथा नीजि विद्यालय, उद्योग वाणिज्य संघ, आमा समुह, युवा क्लव, विभिन्न टोल विकास संस्था तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

बन्दिपुर गाउँपालिका–१ डुम्रे बजार र भानु नपा–१ का बासिन्दाले चुँदी खोलामा फोहोर फाल्नाले चुँदी खोला दिन प्रतिदिन फोहो र प्रदुषण फैलिई दुर्गन्धित बन्दै गएको हुँदा सरसफाई अभियान सन्चालन गरिएको युवा अभिन्यता गफ्फारले बताए । खोलालाई खोलाकै रुपमा बग्न दिनु पर्नेमा खोलालाई डम्पिङ साईड बनाउन थालिएपछि आफुले खोला सरसफाईको अभियान सन्चालन गरेको उनले बताए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चुँदी खोला सरसफाई गर्नु स्थानीय बासिन्दाको नै कर्तव्य भएको हुँदा अव खोलाको सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदी खोला सरसफाई अभियानलाई अव निरन्तरता दिईने बताए ।

बृहत चुँदी खोला सरसफाइ अभियानमा सहभागी टिम मध्येबाट सबै भन्दा धेरै फोहोर संकलन गरि प्रथम हुन सफल सशस्त्र प्रहरी २३ नम्बर मनकामना गण भानु र द्वित्तीय हुन सफल भानु सँस्कृत माध्यमिक विद्यालयको ग्रिन आर्मी नेपाल टिमलाई क्रमशः नगद १० हजार र ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

दमौलीका युवा अभियन्ता गफ्फारको सक्रियतामा गत बैशाख २९ गते दमौलीको बुल्दी खोलामा बृहत सरसफाई अभियान सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी