भानुमा बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ ५

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी महोत्सव सम्पन्न भएको छ । उक्त प्रदर्शनी महोत्सवको भानु नगर पालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए । भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सञ्चालन गरेको उदघाटन सत्रको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलले गरेका थिए ।

प्रतियोगितामा भानु नगरपालिकाका ४२ वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकामा पहिलो पटक आयोजना गरिएको यस प्रदर्शनी महोत्सवमा राखिएका सामग्रीको मूल्याङ्कन गर्नका लागि भानु नगरपालिकाका छिमेकी पालिकामा कार्यरत विषयगत शिक्षकहरुलाई विज्ञको रुपमा आमन्त्रण गरिएको थियो । उनीहरुले विभिन्न ६ वटा मापदण्डहरु (सामग्रीको आकर्षण, पाठ्यक्रमसँगको सान्दर्भिकता, सामग्रीको प्रयोग उपयोगिता र टिकाउपन, मौलिकता र सिर्जनात्मकता, स्थानीय सामग्रीको प्रयोग र प्रस्तुततीकरण) का आधारमा मूल्याङ्कन गरेका थिए ।

बालबालिका सिर्जनाका खानी हुन् भन्ने तथ्य उक्त प्रदर्शनीमा राखिएका विद्यार्थी निर्मित सामग्रीहरुले पुष्टि गरेको नगर शिक्षा अधिकारी पौडेलले बताए । अभिभावकहरुले अनुकुल सिकाइ वातावरण सिर्जना ग¥यौं र उनीहरुलाई प्रोत्साहन र हौसला दियौं भने उनीहरुबाट उत्कृष्ट कार्यसम्पादन हुन्छ भन्ने कुराको ज्वलन्त नमूना हामीले यस शैक्षिक महोत्सवमा देख्न पाईएको पौडेलले बताए । विषयगत शिक्षकहरुहरुको उचित मार्गनिर्देशनमा बालबालिकाहरुले अत्यन्त मिहिनेतका साथ बनाइएका सामग्रीहरु कक्षा कोठा शिक्षणमा पनि प्रयोग हुनेछन् र यसले कक्षा शिक्षणमा विद्यार्थीलाई उत्प्रेरित गर्नुका साथै सिकाइलाई दिगो र प्रभावकारी बनाउन मद्धत मिल्नेछ र अन्ततोगत्वा यसले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको पौडेलले बताए ।

मूल्याङ्कनकर्ता विषय विज्ञहरुबाट गरिएको प्रतियोगिताको तहगत र विषयगत नतिजा अनुसार प्राथमिक तह अन्तर्गत अंग्रेजी विषयमा होरालो शाशिस मावि भानु २ नारेश्वरटार प्रथम, पूर्कोट मावि भानु ७ बसन्तपुर द्वित्तिय र मनोहर मावि भानु ८ महन्तेहटिया तृतिय भएका थिए । यसैगरि नेपाली विषयमा चोक मावि भानु १० रामपुरटार प्रथम, त्रिभुवन मावि भानु ११ मानेचौका द्वित्तिय र चन्द्रोदय प्रावि भानु ५ नाबरुङ् तृतिय भएका थिए । यस्तै गणित विषयमा मर्स्याङ्दी आवि भानु ३ खहरे प्रथम, चन्द्रोदय प्रावि भानु ५ नाबरुङ द्वित्तिय र राष्ट्रिय मावि भानु ११ मयाँखु तृतिय भएका थिए । विज्ञान विषयमा चन्द्रावती मावि भानु ७ चुँदी प्रथम, सरस्वती सदन मावि भानु ५ मैवल द्वित्तिय र कर्मदा मावि भानु ९ बाइसजांगर तृतिय भएका थिए । सामाजिक विषयमा त्रिभुवन मावि भानु ११ मानेचौका प्रथम, विद्यानिुकुञ्ज मावि भानु १२ वयापानी द्वित्तिय र होरालो शाशिस मावि भानु २ नारेश्वरटार तृतिय भएका थिए ।

यसैगरि निम्न माध्यमिक तह अन्तर्गत अंग्रेजी विषयमा विद्यानिकुञ्ज मावि भानु १२ वयापानी प्रथम, सरस्वती सदन मावि भानु ५ मैवल द्वित्तिय र जनजागृति मावि भानु ३ तुरतुरे तृतिय भएका थिए । नेपाली विषयमा होरालो शाशिस मावि प्रथम, कर्मदा मावि द्वित्तिय र मनोहर मावि भानु ८ महन्तेहटिया तृतिय भएका थिए । गणित विषयमा कालिका मावि भानु ९ डुम्रिखर्क प्रथम, नारायणी आवि भानु ५ बारीफाँट द्वित्तिय र मनोहर मावि तृतिय भएका थिए । विज्ञान विषयमा राष्ट्रिय मावि भानु ११ मयाँखु प्रथम, कर्मदा मावि द्वित्तिय र सरस्वती मन्दिर मावि भानु १२ घलेछाप तृतिय भएका थिए । सामाजिक विषयमा सत्यवती देवी आवि भानु १ सालविस्ने प्रथम, कालिका मावि भानु ९ द्वित्तिय र जनजागृति मावि भानु ३ तुरतुरे तृतिय भएका थिए ।

त्यस्तै माध्यमिक तह अन्तर्गत अंग्रेजी विषयमा कर्मदा मावि भानु ९ प्रथम, चोक मावि भानु १० रामपुरटार द्वित्तिय र चन्द्रावती मावि भानु ७ चुँदी र कालिका मावि भानु ९ डुम्रिखर्क तृतिय भएका थिए । नेपाली विषयमा त्रिभुवन मावि भानु ११ मानेचौका प्रथम, विद्यानिकुञ्ज मावि भानु १२ वयापानी द्वित्तिय र चोक मावि भानु १० रामपुरटार तृतिय भएका थिए । त्यसैगरि गणित विषयमा राष्ट्रिय मावि भानु ११ मयाखु प्रथम, होरालो शाशिस मावि भानु २ नारेश्वरटार द्वित्तिय र कर्मदा मावि भानु ९ तृतिय भएका थिए । विज्ञान विषयमा चन्द्रावती मावि भानु ७ चुँदी प्रथम, त्रिभुवन मावि भानु १२ मानेचौका द्वित्तिय र हिमालय मावि भानु ३ चाम्वास तृतिय भएका थिए । सामाजिक विषयमा कर्मदा मावि भानु ९ प्रथम, त्रिभुवन मावि भानु ११ मानेचौका द्वित्तिय र कालिका मावि भानु ९ डुम्रिखर्क तृतिय भएका थिए ।

पुरस्कृत हुने प्रत्येक तह र विषयको विद्यार्थी समूहलाई प्रथम, द्वितीय र तृतीयका लागि क्रमशः रू २२००, रू १८०० र रू १५०० नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । यसरी ४५ वटा विषयगत विद्यार्थी समूह पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती