एमाले शुक्लागन्डकीद्वारा नगर अधिवेशनको तयारी

Devghat Online

शेयर गरौ

दुलेगौंडा, जेठ १३

नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीको बैठक आइतवार खैरेनीटारमा सम्पन्न भएको छ । कार्यबाहक अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय कमिटी सदस्य सबिता रसाईलीले पार्टीलाई एक बनाउदै आगामी निर्वाचनमा देखिने गरि लाग्न आग्रह गरिन् ।

नगर कमिटीको दोश्रो अधिवेशनको आबश्यक तयारीका लागि बैठकमा विभिन्न निर्णय भएको नगर कमिटीले जनाएको छ । नगर कमिटीको दोस्रो अधिवेशन आगामी जेठ २३ र २४ गते हुदै छ ।

सो अवसरमा पार्टी केन्द्रीय परिषद सदस्य नरेन्द्र वाग्ले, जिल्ला कमिटि अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटी सदस्यद्वय कृष्णकुमारी श्रेष्ठ र कमल ढकाल, जिल्ला कमिटीका उपाध्यक्ष राजेश्वर ढकाल, उप–सचिव खिम कुमाल निवर्तमान अध्यक्ष मुक्तिनाथ तिम्सिना लगायतले सम्बोधन गरेका थिए ।

गत बैशाख २९ मा सम्पन्न जिल्ला कमिटीमा को १० औ अधिवेशन बाट शुक्लागन्डकीबाट प्रतिनिधित्व गर्ने जिल्ला पदाधिकारी र जिल्ला कमिटीका २४ जना सदस्यहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन तिर्थराज खनाल र स्वागत उपेन्द्रराज तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक