नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा चारवटा गाडी ठोक्किए : एक जनाको मृत्यु, २२  घाइते 

Devghat Online

शेयर गरौ

चितवन, जेठ १४

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी  ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । डीएसपी रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिन तर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।

दुर्घटनामा मृत्यु भएका अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । दुर्घटनालगत्तै बाटो दुवैतर्फ अवरोध भएकोमा राति साढे दुई बजेपछि एकतर्फी र अहिले बिहान साढे चार बजेपछि दुवैतर्फ बाटो खुलाइएको डीएसपी रिजालले जनाए । घाइतेमध्ये इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा १८ जना र नयाँ मेडिकल कलेज भरतपुरमा ४ जनाको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण