तनहुँमा विद्यालय स्तरीय क्रिकेट लिग हुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

तनहुँमा आगामी जेठ १८ गतेदेखी अन्तर विद्यालय स्तरीय ‘तनहुँ स्कुल क्रिकेट लिग’ हुने भएको छ । जिल्ला क्रिकेट संघ तनहुँको आयोजनामा हुने उक्त प्रतियोगिता व्यास नपा–३ स्थित विपी खेलमैदानमा हुनेछ ।

विद्यार्थीहरुमा क्रिकेट खेलप्रति आकर्षण बढाउनकोलागि उक्त प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाले बताए । प्रतियोगितामा सहभागिताकोलागि तनहुँ जिल्लाका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुमा पत्रचार गरिसकेको र अधिकांश विद्यालयको सहभागिता हुने अध्यक्ष तिमिल्सेनाले बताए ।

उक्त लिगमा जिल्लाभरका २५ भन्दा बढि विद्यालयहरु सहभागी हुने र खेलाडीहरुको खेल कौशल अनुसार माथिल्ला प्रतियोगिताहरुमा जिल्लाबाट सिफारिस गरिने अध्यक्ष तिमल्सेनाले जानकारी दिए । सो लिगको तयारी अन्तिम चरणमा पुगेको जिल्ला क्रिकेट संघ तनहुँका कोषाध्यक्ष मनोज सुवर्णकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले