आगलागी र हावाहुरीबाट भएको क्षतीको निरिक्षणमा सांसद वाग्ले

Devghat Online

शेयर गरौ

दमौली, जेठ १९

प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले हालै तनहुँको व्यास नपा वडा नम्बर ३ मुख्यचोकमा भएको आगलागी र जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीबाट भएको क्षतीको निरिक्षण गरेका छन् । शुक्रबार साँझ दमौली आएका सांसद वाग्लेले शनिबार दिनभर आगलागी र हावाहुरीबाट भएको क्षतीको निरिक्षण गरेका थिए ।

सो क्रममा सांसद वाग्लेले प्राकृतिक प्रकोपका पीडितहरुलाई भेटी सरकारको तर्फबाट जतिसक्दो चाँडो राहत र क्षतीपुर्ती उपलब्ध गराउन पहल गर्ने बताए ।

यसैगरि शनिबार विहान दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले प्राकृतिक प्रकोपका पीडितहरुलाई सरकारले यथासक्य राहत र क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने बताए । उनले आगामी आर्थिक वर्षको लागि तनहुँमा हालसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन भएको भन्दै अव विकास निर्माणको कामले गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले