आज विश्व वातावरण दिवस, विविध कार्यक्रमगरी मनाइँदै

Devghat Online

शेयर गरौ

दमौली, जेठ २३

आज विश्व वातावरण दिवस २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ।

सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।

त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।

यो दिवसको अवसरमा आज बृक्षारोपण, सरसफाई, प्रभातफेरी, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरिने भएको छ ।

यसैविच आज विश्व वातावरण दिवसको अवसरमा देवघाट स्थित महेश संस्कृत गुरुकुलका शिक्षक तथा छात्रहरुले महेश संन्यास आश्रम र चक्रवर्ती आश्रम परिसरमामा बृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको