देवघाटका विभिन्न चार योजनाको लागि बजेट विनियोजन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २७

आगामी आर्थिक वर्षमा देवघाट गाउँपालिकामा सन्चालन गरिने विभिन्न योजनाकोलागि चार योजना छनौटमा परेका छन् । संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत उक्त योजनाहरु छनौटमा परेका हुन् ।

उक्त योजनाहरुमा तनहुँको देवघाट गाउँपालिका–४ र चितवनको भरतपुर–२९ जोड्ने गाईघाटमा पुल निर्माणको लागि ५० लाख, चितवनको ठिमुराबाट देवघाटको वडा नम्बर ५ कार्यालयसम्म जोडने सडक कालोपत्रे र स्तरोन्नतीको लािग १ करोड विनियोजन भएको छ ।

त्यसैगरि बैदी–छिपछिपे–काफलडाँडा–गाइघाट सडक स्तरोन्नती कार्यको लागि १ करोड र देवघाट–५ स्थित महेश संस्कृत गुरुकुलको अनुसन्धान केन्द्रमा आवश्यक पुर्वाधार निर्माणकोलागि ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले