सिन्धुलीमा भएको मोटरसाइकल दुर्घटनामा तनहुँ भिमादका प्रहरी सहायक हवल्दार श्रेष्ठको मृत्यु

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २८

सिन्धुलीमा सवारी दुर्घटना हुँदा तनहुँको भिमाद नगरपालिका वडा नं. ७ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको महाराजगञ्ज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

सोही दुर्घटनामा सिन्धुली कमला नगरपालिका वडा नं. ९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका उनीहरु दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कनेक्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल आइतबार अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।