मनसुनजन्य विपदबाट जोगिनेबारे देवघाटका नागरिकलाई सेनाको प्रशिक्षण

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २७

मनसुनको समयमा हुने विपदबाट जोगिनबारे देवघाटका नागरिकलाई नेपाली सेनाले प्रशिक्षण दिएको छ । सेनाको रूरू भैरवदल गण हात्तीचौर व्यारेक भानु नपाको आयोजनामा आइतबार देवघाट–५ मा मनसुनको समयमा हुने भारी वर्षावाट उत्पन्न हुने बाढी, डुवान, पहिरो तथा आगलागीबाट हुने विपदबाट जोगिन प्रर्दशनी अभ्यास सहितको प्रशिक्षण दिईएको हो ।

मधु सामुदायिक वनको कार्यालय परिसरमा भएको सो कार्यक्रममा रुरु भैरवदल गणका प्रमुख सेनानी हिमाचल जङ्ग शाह तथा अन्य शैनिकहरुले मनसुन जन्य विपदबाट उत्पन्न हुने बाढी पहिरो डुवान प्रभावित क्षेत्रमा उद्धारका लागि विभिन्न उपकरणहरुको प्रयोग गरि गरिने उद्दार कार्य, विपत व्यवस्थापन साथै आगलागी, घरेलु ग्यास सिलेन्डर लिकेजबाट बच्ने उपाय सम्बन्धि प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिईएको थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष भुवन सिं गुरुङ, वडा सदस्य कमला गुरुङ, गाउँपालिका कर्मचारीहरु, सामुदायिक वनका पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू