देवघाटले सहकारी संस्थाको प्रभावकारी नियमन र अनुगमन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, असार ४

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुको प्रभावकारी नियमन र अनुगमन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका भित्र रहेका सहकारी संस्थाको प्रभावकारी नियमन र अनुमगनको लागि सहकारी शाखाको व्यवस्थापन गरि नियमनकीय क्षमता अभिवृद्धि गर्ने जनाए ।

साथै उत्कृष्ट कार्य गर्ने सहकारी संस्था छनौट गरि पुरस्कृत गर्ने व्यवस्था मिलाउने पनि अध्यक्ष थापाले जानकारी दिए । नागरिकहरुको व्यवसायिक जिवनलाई प्रबद्र्धन गर्न सहकारी संस्थाहरुको सवलिकरणमा जोड दिने नीति गाउँपालिकाले लिएको छ ।

सहकारी संस्थाहरुको उन्नती र प्रगतिमा टेवा पु¥याउनको लागि पालिका स्तरीय सहकारी समन्वय समिति गठन गरि उनीहरुको क्षमता विकास गरिदै लैजाने तथा सहकारी संस्थालाई प्रबर्धन गरि व्यवसायीक खेतीमा जोड दिने गाउँपालिकाको नीति रहेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले