देवघाटमा ९ वटा सिंचाई योजना सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

देवघाट गाउँपालिकामा चालू आर्थिक वर्षमा ९ वटा सिंचाइ योजना सम्पन्न भएका छन् ।

वडा नं. १ मा १ वटा, वडा नं. २ को खाल्टे फाँटमा ३ वटा, वडा नं. ३ मा १ वटा र वडा नं. ५ मा ४ वटा गरी जम्मा ९ वटा सिंचाई योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

यो अवधिमा करिब २५०० मिटर पक्की सिचाई कुलो निर्माण भएको छ भने सोलार प्रणालीबाट सञ्चालनमा रहेका २ वटा लिफ्टिङ्ग खानेपानी योजनामा समस्या आएको कारण उक्त लिफ्टिङ्ग योजनालाई विद्युतीय माध्यमबाट ए.सि.प्रणालीद्वारा जडान गरी सञ्चालन गरिएको गाउँ पालिकाले जनाएको छ।

वडा नं. ५ मा ३ वटा डिपबोरिङ सम्पन्न हुने चरणमा छन् र वडा नं. ५ को झारखानीमा लिफ्टिङ सिंचाई निर्माणाधिन अवस्थामा रहेकाे गाउँ पालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले