देवघाटमा ९ वटा सिंचाई योजना सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

देवघाट गाउँपालिकामा चालू आर्थिक वर्षमा ९ वटा सिंचाइ योजना सम्पन्न भएका छन् ।

वडा नं. १ मा १ वटा, वडा नं. २ को खाल्टे फाँटमा ३ वटा, वडा नं. ३ मा १ वटा र वडा नं. ५ मा ४ वटा गरी जम्मा ९ वटा सिंचाई योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

यो अवधिमा करिब २५०० मिटर पक्की सिचाई कुलो निर्माण भएको छ भने सोलार प्रणालीबाट सञ्चालनमा रहेका २ वटा लिफ्टिङ्ग खानेपानी योजनामा समस्या आएको कारण उक्त लिफ्टिङ्ग योजनालाई विद्युतीय माध्यमबाट ए.सि.प्रणालीद्वारा जडान गरी सञ्चालन गरिएको गाउँ पालिकाले जनाएको छ।

वडा नं. ५ मा ३ वटा डिपबोरिङ सम्पन्न हुने चरणमा छन् र वडा नं. ५ को झारखानीमा लिफ्टिङ सिंचाई निर्माणाधिन अवस्थामा रहेकाे गाउँ पालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो