योग दिवसमा देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, असार ७

दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । देवघाटधाम जेसीज र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र देखि टाउनचोक, बासुचोक, गलेश्वर आश्रम, लगायतका विभिन्न स्थान हुदैँ पुनः प्रशिक्षण केन्द्र सम्म र्यालीको आयोजना गरिएयको थियो । र्यालीपछि ध्यान र योग गरी कार्यक्रम सन्चालन गरिएको थियो ।

सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मानव जीवनका लागि योग र ध्यान अत्यन्तै महत्वपूर्ण रहने बताए । उक्त कार्यक्रममा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र आबुखैरेनीकी उप–प्रमुख ब्रह्माकुमारी सरस्वतीले पनि मानव जिवनमा योगको महत्वको बारेमा प्रवचन दिएकी थिइन् । सो कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले स्वागत मन्तव्य राखेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन २०१५ को २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘आफु र समाजका लागि योग’ भन्ने मुल नाराका साथ यो दिवस मनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले