देवघाट, असार ७
ग्रामिण क्षेत्रमा खुलेका सामुदायिक घरवास (होमस्टे) हरु स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै ग्रामिण पर्यटन प्रबद्र्धनमा केन्द्रित रहेका छन् । होमस्टेलाई पर्यटकीय मापदण्डका आधारमा सञ्चानल गर्न सकियो भने पर्यटन प्रबद्र्धनमा यसको भूिमका महत्वपूर्ण रहन्छ । होमस्टे आफंैमा एउटा सांस्कृितक पर्यटन पनि हो भने अर्कोतर्फ यो पर्यावरणीय पर्यटन पनि हो ।
विशेष गरी ग्रामीण क्षेत्र जहाँ आफ्नो छुट्टै मौलिक संस्कृित बोकेको समुदायसहितको बस्ती र समुदायस्तरबाट नै सन्चालित होमस्टेले ग्रामिण पर्यटनको विकासमा ठुलो योगदान दिएका हुन्छन् । देवघाट गाउँपालिका वडा नम्बर १ को कोटामा रहेको गोपीटार होमस्टेले पनि स्थानीय कला र संस्कृतीलाई जागोउँदै ग्रामिण पर्यटन प्रबद्र्धनमा योगदान दिईरहेको छ ।
कोटाका स्थानीय गुरुङ समुदायद्वारा सन्चालित गोपीटार होमस्टेमा डेढो, अर्गानिक तरकारी, लोकल माछा, कुखुरा, हाँसका परिकारको स्वाद पाइन्छ । देवघाट गाउँपालिकालाई नै धार्मिक पर्यटनको केन्द्र बनाउने अभियान सन्चालन भईरहेको हुँदा ग्रामिण क्षेत्रमा खुलेका सामुदायिक होमस्टेले पनि सांस्कृतिक पर्यटनमा योगदान दिईरहेका छन् । पर्यटकलाई लोभ्याउन गोपीटारमा आकर्षक घुमाउने घर निर्माण गरिएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको होमस्टे प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो घुमाउने घर निर्माण गरिएको हो ।
उक्त घर निर्माणकोलागि प्रदेश सरकार मार्फत दुई पटक गरि १५ लाख रुपैयाँ विनियोजन भएको देवघाट गाउँपालिकाका पुर्व अध्यक्ष दुर्गबहादुर थापाले बताए । कुल २० लाख लागतको सो घुमाउने घर निर्माणमा अपुग रकम स्थानीय बासिन्दाले श्रमदान गरेको गोपीटार सामुदायिक होमस्टेका पुर्व अध्यक्ष हिरा गुरुङले जानकारी दिए ।
लोप हुँदै गईरहेको घुमाउने घरको संरक्षण गर्न तथा पर्यटकलाई आकर्षित गर्न उक्त घर निर्माण गरिएको गुरुङले बताउनु भयो । उक्त घुमाउने घरसँगै निर्माण गरिएको व्यवस्थित शौचालय भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिएका युवाहरु परिचालन गरिएको थियो ।
गुरुङ संस्कतीमा आधारित उक्त घुमाउने घरमा पर्यटकलाई आकर्षित गर्न गुरुङ संस्कृतीका सबै बस्तुहरु राखिएको ने होमस्टेका अध्यक्ष शमेशर बहादुर गुरुङले बताए । उक्त घुमाउने घरको प्रचार प्रसार गर्न सकेमा देवघाटधाम घुम्न आउने पर्यटकहरुलाई गोपीटार सम्म ल्याउन सकिने र ग्रामिण क्षेत्रको पनि पर्यटन प्रर्वद्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाई छ ।
गोपिटार सामुदायिक होमस्टे आफ्नो कला र संस्कृतीलाई जगेर्ना गर्न सन्चालन गरिएको होमस्टेका अध्यक्ष गुरुङले बताए । उक्त होमस्टेको नजिकै सुनझाँक्री मन्दिर र श्रीधाम मन्दिरको दृश्य अबलोकन गर्न पाइनु साथै पश्चिममा छरछरे झरनाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।
शालिग्राम करिडोरको किनारमै उक्त होमस्टे सन्चालन गरिएको हुँदा करिडोरको भविष्यसँग होमस्टेको भविष्य पनि जोडिएको छ । करिडोरलाई जतिसक्दो चाँडो निर्माण गर्न सकियो, होमस्टेपनि त्यती नै सन्चालन गर्न सकिने देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङले बताए । आठ घर गुरुङ समुदायले उक्त होमस्टे सन्चालन गरेका छन् । ‘पर्यटकलाई आरामदायी बासको व्यवस्था छ ।’ वडा अध्यक्ष गुरुङले बताए ।
देवघाट गाउँपालिकाले गाउँपालिका भित्र सन्चालित होमस्टेहरुलाई प्रबद्र्धन र सशक्तिकरण सबै होमस्टेमा सामुदायिक सांस्कृतिक पहिचालन झल्किने गरि कार्यक्रम सन्चालन गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।