देवघाटकी अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, असार ३१

देवघाट गाउँपालिका–३ की ३० बर्षिया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिका–३ गोन्द्राङका ६५ बर्षिय झाम्टे थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सुस्तमनस्थिती भएकी उक्त महिलालाई घरदेखी अन्दाजी २ किमि टाढा रहेको मकै बारीमा बाँदर धपाउन बस्ने क्रममा गत जेठ २६ गते थापाले बलात्कार गरेको आरोप पीडित परिवारले लगाएको छ ।

पीडित परिवारले आरोपितलाई कारवाहीको माग गर्दै सोमबार इलाका प्रहरी कार्यालय सराङघाटमा उजुरी दिएपछि प्रहरीले सोमबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपितलाई सोमबार अबेर भएको कारण मंगलबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिने जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका