बन्दीपुरहिलमा ‘शिव महिम्नाहा उत्सव’

Devghat Online

शेयर गरौ

बन्दीपुर, साउन १

बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर हिलमा ‘शिव महिम्नाहा उत्सव’ शुरु भएको छ । बन्दिपुरहिलले श्रावण १ देखि ३२ गतेसम्म उक्त सांस्कृतिक एवं धार्मिक कार्यक्रम सञ्चालन गरेको हो ।

भगवान् शिवको आरधना गर्ने महिनाको अवसर पारेर धार्मिक भावना प्रवद्र्धन गर्ने उद्देश्यले ‘शिव महिम्नाहा उत्सव’ आयोजना गरिएको कार्यक्रम आयोजक समितिका संयोजक किरण पोख्रेलले बताए । उनले भने, ‘श्रावण महिनाको प्रत्येक साूझमा बन्दीपुरहिलको वटम स्टेशनमा रहेको सिद्धेश्वर महादेवको मूर्ती अगाडि शिव सन्ध्या आरती हुनेछ ।

प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दीपुर बजारमा रहेको खड्गदेवी मन्दिरसम्म पु¥याईने छ ।’ यस मन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवूचको रुपमा तत्कालीन पराक्रमी बन्दीपुरका राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरवार रहेको कथन छ । यस मन्दिरमा ल्याएर दिव्य देवी आरती गर्ने र भजन किर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने उनले बताए ।

यस्तै, प्रत्येक सोमबार ‘बोलवम पद तथा रोप यात्रा’को विशेष कार्यक्रमहरु रहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । यो यात्रा मस्र्याङ्गदी नदीबाट जल ल्याएर सुरुवात हुने उनले बताए । उनका अनुसार जल लिएर पद यात्रा गरी केवलकार चोकमा पुगेर शिवको आरधाना, प्राङ्गणमा रहेका ३३ कोटी देवी देवताको मुर्तीको दर्शन गरी भजन कृतनगर्दै केवलकार चढी खड्गादेवी मन्दिर परिक्रम गरिने छ ।

बन्दिपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योतिर्लिङ्गको दर्शन गरिने बताइएको छ । यस अवधिमा बिहान ९ बजे देखि १० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीहरुको लागी केवलकारको टिकट मुल्य दुई सय रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण