बन्दीपुरमा प्रतिवर्ष २ हजार विरुवा रोप्ने अभियान सुरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन प्रति वर्ष दुई हजार बिरुवा रोप्ने अभियान सुरु गरिएको छ ।

‘प्रती बर्ष दुई हजार बिरुवा रोप्ने’ बन्दिपुर गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार मंगलवार चौथो दिन बन्दिपुर–४ टुडिखेल वरपर बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा बृक्षारोपण गरिएको छ ।

विशेषगरी बन्दीपुरबाट टुँडिखेल जाने बाटो, टुँडिखेल वरपर, अस्पताल जाने बाटो, रिङरोड, डुम्रे– बन्दीपुर सडक क्षेत्रमा हरियाली वातावरण तथा रमणीय स्थल बनाउन सके फुल फुल्ने समयमा पर्यटकहरु आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । यो अभियान सफल पार्न आम नागरिकलगायत सबै लाग्नुपर्ने उनले बताए ।

विभिन्न संघसंस्थासँग समन्वय गरी गुरुयोजना बनाई सशक्त ढंगबाट अघि बढाइने गाउँपालिकाले जनाएको छ । वृक्षारोपण अभियानले वातावरणीय टेवा पुग्नुका साथै सौन्दर्यमा समेत सघाउ पुग्ने आशा गाउँपालिकाको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक