बन्दीपुरमा प्रतिवर्ष २ हजार विरुवा रोप्ने अभियान सुरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन प्रति वर्ष दुई हजार बिरुवा रोप्ने अभियान सुरु गरिएको छ ।

‘प्रती बर्ष दुई हजार बिरुवा रोप्ने’ बन्दिपुर गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार मंगलवार चौथो दिन बन्दिपुर–४ टुडिखेल वरपर बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा बृक्षारोपण गरिएको छ ।

विशेषगरी बन्दीपुरबाट टुँडिखेल जाने बाटो, टुँडिखेल वरपर, अस्पताल जाने बाटो, रिङरोड, डुम्रे– बन्दीपुर सडक क्षेत्रमा हरियाली वातावरण तथा रमणीय स्थल बनाउन सके फुल फुल्ने समयमा पर्यटकहरु आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । यो अभियान सफल पार्न आम नागरिकलगायत सबै लाग्नुपर्ने उनले बताए ।

विभिन्न संघसंस्थासँग समन्वय गरी गुरुयोजना बनाई सशक्त ढंगबाट अघि बढाइने गाउँपालिकाले जनाएको छ । वृक्षारोपण अभियानले वातावरणीय टेवा पुग्नुका साथै सौन्दर्यमा समेत सघाउ पुग्ने आशा गाउँपालिकाको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले