आदिकवि भानुभक्त क्याम्पसका ६ जना प्राध्यापक तथा कर्मचारीलाई स्थायी नियुक्ती

Devghat Online

शेयर गरौ

दमौली, साउन १

आदिकवि भानुभक्त क्याम्पसले थप ६ जना प्राध्यापक तथा कर्मचारीलाई स्थायी नियुक्ती दिएको छ । क्याम्पस सन्चालक समितिले मंगलबार १ जना सह–प्राध्यापक, ४ जना उपप्राध्यापक र १ जना करार सेवाका कर्मचारीलाई स्थायी नियुक्ती दिएको हो ।

स्थायी नियुक्ती पाउनेहरुमा सहप्राध्यापक डा.शुशिलप्रसाद वाग्ले, उप–प्राध्यापकहरु विमल गिरी, चिज कुमार श्रेष्ठ, गजेन्द्र पौडेल, विमल खत्री र कार्यालय सहायक (खरीदार) रस्वती दरै रहेका छन् ।

क्याम्पस सेवा आयोगबाट सञ्चालन गरिएको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट छनोट एवं सिफारिस भई क्याम्पस सञ्चालक समितिको निर्णयले आन्तरिक बढुवा भई उनीहरुले स्थायी नियुक्ती पाएको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले बताए ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले नियुक्तिपत्र प्राप्त गर्ने सबैजनालाई बधाई ज्ञापन गरेका थिए ।

यससँगै आदिकवि भानुभक्त क्याम्पसमा स्थायी हुने प्राध्यापकको संख्या २३ पुगेको छ । जसमध्ये सहप्राध्यापक पदमा ६ जना र उप–प्राध्यापक पदमा १७ जना संख्या पुगेको छ । त्यस्तै करार उपप्राध्यापक १ जना, पूर्णकालिन अस्थाई सहायक प्राध्यापकको संख्या १० जना र पूर्णकालिन शिक्षण सहायक १ जना रहेका छन् ।

त्यसैगरि आंशिक सहायक प्राध्यापक (कोर्स करार) को संख्या २० जना रहेको छ । आंशिक करार शिक्षण सहायक ३ जना रहेका छन् । क्याम्पसमा जम्मा प्राध्यापकहरूको दरबन्दी ५८ कायम रहेको छ भने कर्मचारी तर्फ १७ दरबन्दी कायम रहेको क्याम्पस प्रमुख खड्खलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता