पुर्व कृषि मन्त्री अर्यालद्वारा माँ अम्बे कृषि फर्म अवलोकन

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

पुर्व कृषि मन्त्री पद्मा अर्यालले व्यास नपा–५ मा सन्चालित माँ अम्बे अलौकिक कृषि फर्मको आइतबार अवलोकन गरेकी छिन् । महिला उद्यमी कल्पना गौलीद्वारा सन्चालित उक्त कृषि फर्मको अवलोकन गर्दै पुर्व मन्त्री अर्यालले कृषि फर्मको थप योजना सुन्दा, ड्रागन फ्रुटको फल तथा उत्पादीत विरुवा देख्दा अत्यन्त खुसी लागेको बताइन् ।

परिश्रममा विश्वास गर्ने कल्पनाको व्यवसायीक संघर्ष त यस अघि नै देखेको भन्दै अर्यालले कृषि क्षेत्रमा लागेर राज्यको सहयोग बिनै अर्गानिक उत्पादन तथा उत्पादित वस्तुको बजार व्यवस्थापन जस्ता चुनौतीपुर्ण काम गरेकोमा फर्मकी सन्चालक गौलीको प्रसंशा गरिन् । कल्पनाको आँट र हिम्मतलाई सम्मान गर्दै यसले श्रमजिवी समुदायको लागी प्रेरणाको श्रोत बन्नेमा विश्वास गरेको बताइन् ।

कल्पनाले व्यास नपा–५ को ढोडेनीमा जग्गा भाडामा लिएर दुई वर्ष देखी ड्रागन फ्रुट खेती गर्दै आएकी छिन् । भारतको हैदरावादबाट बिरुवा ल्याएको सि प्रजातीको सिउँडी फलको व्यवसायीक खेति गर्दै आएको सञ्चालिका गौलीले बताईन् ।

थोरै समयमा फल दिने र बजार मुल्य पनि राम्रै भएकाले यसको व्यवसायिक खेतीमा आफु आकर्षित भएको उनको भनाइ छ । अहिलेसम्म उनको उत्पादन स्थानीय बजारमै खपत भएको छ ।

संसारमा पाइने १ सय ५३ प्रजातीका ड्रागन फ्रुट्स मध्ये नेपालमा मात्र ५२ प्रजाती पाइने कल्पनाले बताइन् । उनले उत्पादन गरेको ड्रागन फ्रुट्स भने सिभेराइटी सिमरेड प्रजातीको हो । उन्नत जातको ड्रागन फ्रुट्स भित्राउने नेपालमा आफ्नो फर्म तेस्रो भएको उनले दावि समेत गरिन् ।

उचित स्याहार पाएमा यसले एक पटक रोपेपछी १५ देखि २० वर्ष सम्म उत्पादन दिन्छ । सुरुमा कौसी खेतीबाट कृषिमा लागेकी उनको लक्ष्य पूर्ण जैविक खेती हो । उनले कौसी खेती गर्दा पनि कहिल्यै रासायनिक मल प्रयोग गरिनन् । कौसीबाट उत्पादित सिजनका तरकारीहरु राम्रो विक्री हुन थालेपछी उनको जैविक खेती तर्फ आकर्षण बढेको हो ।

पुर्वमन्त्री अर्यालले आफ्नो फर्मको निरिक्षण गरि सुझाव दिएपछि आफुलाई निकै खुसी लागेको गौलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक