देवघाट गाउँपालिकाको सेवा आइतबारबाट नयाँ भवनबाट

Devghat Online

शेयर गरौ

देवघाट, साउन २०

देवघाट गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह एवं कार्यालय सम्बन्धी कामकाज आईतबारदेखि वडा नम्बर ५ क्यूँदीमा बनेको नयाँ प्रशासनिक भवनबाट सुचारु गरिएको छ ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले आईतबार एक सूचना जारी गर्दै गाउँपालिकाको नयाँ प्रशासनिक भवनबाट देवघाट गाउँपालिकाको सेवा प्रवाह सुचारु भएको जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘यस देवघाट गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह एवं कार्यालय सम्बन्धी कामकाज साउन २० गतेबाट देवघाट गाउँपालिका वडा नम्बर ५ क्यूँदीमा बनेको नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुचारु गरिएको व्यहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।’

क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७७ असारबाट प्रमुख प्रशासकीय भवन भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि रविना÷अविसा जेभी काठमाडौंसँग निर्माण सम्झौता गरिएपनि समयमा निर्माण सम्पन्न नभएपछि गत असार मसान्तसम्मको म्याद थपिएको थियो । कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण