जवजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गरिनेः उपमहासचिव ज्ञवाली

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जवजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा एमाले तनहुँको आयोजनामा दमौलीमा भएको प्रशिक्षण कार्यक्रममा आइतबार उपमहासचिव ज्ञवालीले समाजबादको आधार निर्माणकोलागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

समाजबादको आधार तयार भईसकेपछि मात्र समाजबादको कार्यक्रममा जान सकिने उनको भनाई थियो । त्यसकोलागि सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा रहेको ज्ञवाली बताए । एमाले राष्ट्रिय शक्तिको रुपमा विकास भएपछि मात्र समाजबादको आधार निर्माण हुने उनको दावी थियो ।

नेपालको हरेक निर्णायक क्रान्ति र निर्णायक समयमा नेकपा एमाले र नेपाली काँग्रेसको सहकार्य हुने गरेको भन्दै ज्ञवालीले पछिल्लो पटक २०६२÷६३ को मौलिक क्रान्ति र संविधान निर्माणको क्रममा एमाले र काँग्रेसले सहकार्य गरेको बताए । अहिले सुखी नेपाली समृद्ध नेपालको आकंक्षा पुरा गर्न पनि एमाले र काँग्रेसको सहकार्य आवश्यक रहेको ज्ञवालीले बताए ।

विगतमा कम्युनिष्ट पार्टीको सरकार गिराउन कम्युनिष्ट पार्टीलाई नै प्रयोग गरिएको भन्दै आफुलाई कम्य्ुनिष्ट भन्नेहरु नै दुई तिहाईको सरकार गिराउन लागि परेको ज्ञवालीले बताए । प्रचण्ड र माधव नेपालहरु कम्युनिष्टको विरुद्धमा प्रयोग हुने दक्षिणपन्थी अवसरबादको प्रबृत्ती भएको ज्ञवालीले आरोप लगाए । त्यसैकारण एमालेले महाधिवेशनबाट नै दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई परास्त गरि जवजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गर्ने मुख्य नारा तय गरेको बताए ।

शनिबारदेखी चलेको उक्त तिन दिने प्रशिक्षणमा आइतबार केन्द्रीय सचिव पद्मा अर्याल, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय स्कुल विभागका सदस्य हस्त पण्डित लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । सोमबार सम्म चल्ने उक्त प्रशिक्षणमा जिल्ला कमिटि, लेखा कमिटि र अनुशासन कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी