विश्व आदिवासी दिवसमा शुक्रबार तनहुँका सबै स्थानीय तहले दिए सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, साउन २४

३० औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार तनहुँका सबै स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । सबै स्थानीय तहले विहिबार सुचना प्रकाशन गरि आदिवासी दिवसको अवसरमा अत्यावश्यक बाहेका अन्य सबै सेवामा सार्वजानिक बिदा दिएका हुन् ।

यस पटकको दिवसको मुल नारा ‘संविधानप्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ रहेको छ । यो दिवसको अवसरमा आदिवासी जनजाती समुदायले विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।

तनहुँ आदिवासी जनजातीहरुको बाहुल्यता भएको जिल्ला हो, त्यसैकारण पनि सबै स्थानीय तहले बिदा दिएका हुन् । संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो ।

यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता