मन्त्रीहरुको बरियता हेरफेर, पौडेल भन्दा पाण्डे माथी

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २४

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रममा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको हो ।

यसअनुसार मन्त्रीहरु बद्री पाण्डे र प्रदीप पौडेलको मर्यादाक्रम हेरफेर गरिएको छ । नयाँ मर्यादाक्रमअनुसार पाण्डे १४औँ क्रममा छन् भने पौडेलले १६ औँ मर्यादा क्रम पाएका छन् ।

यसअघि पौडेल १४ औँ र पाण्डे १६ औँ मर्यादाक्रममा रहेका थिए । मन्त्रिपरिषद्को मर्यादाक्रमअनुसार प्रधानमन्त्री ओली पहिलो, उपप्रधानमन्त्री प्रकाशमान सिंह दोस्रो र विष्णु पौडेल तेस्रोमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता