२१औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट एजुकेशनद्धारा देवघाट आश्रमका वृद्धवृद्धालाई भोजन,फलफूल र लत्ताकपडा वितरण

Devghat Online

शेयर गरौ

 दमौली, साउन २३

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा बुधबार तनहुँको देवघाटधाम स्थित समाजकल्याण केन्द्र बृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई साँझको भोजन ग्रहण गराइएको छ ।

तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा सन्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित असाहय वृद्धवृद्धाहरुलाई एक्सपर्टले भोजन ग्रहण गराउनुको साथै फलफूल र लत्ताकपडा वितरण गरेको छ । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले वृद्धृवद्धाहरुलाई फलफूल तथा लत्ताकपडा वितरण गरेका थिए ।

सो क्रममा बोल्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले २२औं वर्षमा प्रवेशको पूर्वसन्ध्यामा आमाबुबाबाट आर्शिबाद लिदै भोजन ग्रहण, फलफूल र लत्ताकपडा वितरण गरिएको बताए । उनले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा असाहय वृद्धवृद्धालाई ध्यानमा राखेर यो कार्यक्रम गर्दै आइरहेको बताए ।

एक्सपर्ट एजुकेशन चितवनका अध्यक्ष घननाथ अर्यालले वृद्धवृद्धालाई सेवा गर्ने सबै हातलाई धन्यवाद दिए । उनले संस्थाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले दाताहरुकै सहयोगबाट आश्रम संचालन भइरहेको बताए । उनले हेर्ने मान्छे नभएर या अन्य समस्याले एक्लो भएका वृद्धवृद्धालाई नभई विल्कुलै असाहय वृद्धवृद्धालाई मात्रै राख्ने गरिएको बताए ।

एक्सपर्टले वार्षिकोत्सवको अवसरमा मंगलबार एक्सपर्ट बेस क्याम्पमा निःशुल्क आँखा परीक्षण शिविर गरेको थियो । त्यस्तै अन्तर स्कुलरकलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम समेत सम्पन्न भइसकेको छ । एक्सपर्ट एजुकेशनले बिहीबार अर्थात् अगष्ट ८ का दिन भव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ ।

वार्षिकोत्सवको दिन भोलि बिहीबार विहान ७ रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमा वार्षिकोत्सव मुल समारोह कार्यक्रम हुनेछ । सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ ।

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस, पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना