नेपाल उद्योग तथा ब्यवसायी महासंघ तनहुँको अध्यक्षमा भुषाल

Devghat Online

शेयर गरौ

दमौली, भदौ ६

नेपाल उद्योग तथा ब्यवसायी महासंघ तनहुँको अध्यक्षमा ऋषिराम भुषाल निर्वाचित भएका छन् । महासंघको विहिबार दमौलीमा भएको विशेष जिल्ला अधिवशेनले भुषालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा नारायण श्रेष्ठ र ताराराम श्रेष्ठ, सचिबमा उपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा कबिराज श्रेष्ठ र उपसचिवद्वयमा मुन्नी खातुन र सरु पोख्रेल निर्वाचित भएका छन् । त्यसैगरि कार्य समितिका सदस्यहरुमा कमल गैह्रे, मनोज सुवर्णकार, सुरेन्द्र अधिकारी, जुननारायण श्रेष्ठ, अजित पन्त, हरि कार्की सुदिप पौडेल, राजन श्रेष्ठ, हर्षमान श्रेष्ठ, लक्ष्मी राना र हबिमुल्ला मियाँ रहेका छन् ।

सो जिल्ला अधिवेशनको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज किरण गुरुङले उद्घाटन गरेका थिए । सो कार्यक्रममा एमाले केन्द्रयि सदस्य तथा जिल्ला इन्चार्ज केदार सिग्देल, एमाले गन्डकी प्रदेशका सदस्य एवं नेपाल उद्योग तथा ब्यवसायी महासंघका गन्डकी प्रदेशका अध्यक्ष सन्जिब कोईराला, एमाले जिल्ला अध्यक्ष हरिराज कडेल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदीप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता महासंघका निवर्तमान अध्यक्ष इश्वरबहादुर विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध