छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

व्यास नगरपालिका–१४ स्थित तनहुँको प्रसिद्ध छाब्दीवाराही पुननिर्माण सम्पन्न भएको छ । गन्डकी प्रदेश सरकार र छाब्दी बाराही विकास कोषको आन्तरिक कोषको करिब ७० लाख रकमबाट उक्त मन्दिरको पुनर्निर्माण भएको हो ।

प्यागोडा शैलीमा पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख उपलब्ध गराएको थियो भने विकास कोषको आन्तरिक कोषबाट ४६ लाख लगानी गरिएको कोषका अध्यक्ष थापाले बताए । करिब एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन समेत गरिएको छ ।

मगरजातीका पुजारीले पुजा गर्ने उक्त मन्दिरमा साउन महिनाभर तथा एकादशी र औँसी बाहेकका अन्य सबै नित्य पुजा हुने र उक्त दिनहरुमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास