जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रः स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

स्वास्थ्य बिमाको रकम शोध भर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बीमा बोर्डले चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको केन्द्रले जनाएको छ ।

रकम भुक्तानी नपाउँदा आर्थिक अभावले गर्दा औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भईरहेको केन्द्रका फार्मेसी अधिकृत मुकुन्दप्रसाद यादवले बताए । पुस सम्मको भुक्तानी दिएपनि माघ देखि साउन सम्म गरी सात महिनाको चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकोले उपचार नै रोक्नु पर्ने स्थिती आउन लागेको उनले बताए ।

औषधी, ल्याबका केमिकल, एक्सरे लगायतका आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम नहुँदा उपचार प्रभावित भएको यादवले बताए । बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन हुँदा सेवा नै रोक्नु पर्ने अवस्था आउन लागेको यादवको भनाई छ । यादवले भने ‘औषधि तथा स्वास्थ्य सामग्री गरी मासिक ६० लाख बढी खर्च हुन्छ भुक्तानी रोकिँदा सेवा प्रवाहमा सङ्कट आएको छ ।

९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तरगतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको केन्द्रले जनाएको छ । आर्थिक अभावले गर्दा औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आएको यादवले बताए । यादवले भने ‘भुक्तानी नपाउँदा सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् इमरजन्सीमा भर्ना हुन आएका बिरामीको समेत भर्ना गर्न नसकिने अबस्था आएको छ ।’

यादवका अनुसार बिमा बोर्डलाई केन्द्रको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएकोले समस्या परेको छ । औषधि, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती भुक्तानी रोकिँदा प्रभावित भएको छ । थाइराईड लगायतको अप्रेसन समेत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रत्येक फार्मेसीलाई नेपाल सरकारले औषधि खरीदको लागि २० लाख रुपियाँ बिउ पुँजी दिने गरेपनि केन्द्रले रकम नपाउँदा समस्या परेको छ । केन्द्रमा सवारी दुर्घटनाका घाइतेका अलावा विभिन्न रोगका बिरामी नियमित आउने गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने केन्द्रले जनाएको छ । ‘स्वास्थ्य सामग्री र औषधि किन्न नसक्दा पृथ्वीराजमार्गका साथै सहायक राजमार्गमा दुर्घटना भएर घाईतेलाई उपचारको लागि ल्याएभने पनि उपचार गर्ने सामग्री नभई फिर्ता गर्नु पर्ने अवस्था आउन लागेको छ उनिहरुको ज्यानै जान सक्ने जोखिम भएको छ ।’ फार्मेसी अधिकृत यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक