जामुनेमा खुल्ला तीज गीत प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा भाद्र २१ र २२ गते जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

भिरपानी सामुदायिक वन उ.समुह, जामुने टोल विकास संस्था, जामुने खानेपानी तथा सरसफाई उपभोक्ता समिति र न्यु भिजन साउदी परिवारको सह–आयोजना तथा म्याग्दे गाउँपालिका कार्यालय, वडा नम्बर २ कार्यालयको विशेष सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १२ औं सस्करणको रहेको क्वलका अध्यक्ष राजिव श्रेष्ठले बताए । प्रतियोगितामा सहभागित हुनकोलागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको र गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३ र ७ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि नृत्य तर्फ गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने क्वलका सचिव अमिर श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगितामा गायिकाद्वय भुमिका गिरी र चिना थापा मगरको विशेष उपस्थिती रहने क्वलका निवर्तमान अध्यक्ष एवं कलाकार संयोजक सन्दिप रानाभाटले जानकारी दिए ।

न्यु भिजन युथ क्लवले हरितालिका तिजको अवसरमा प्रत्येक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजनाको अलावा जामुने क्षेत्रमा विभिन्न सामाजिक कामहरु गर्दै आएको क्लवका निवर्तमान अध्यक्ष रानाभाटले बताए । क्लवले राधा माविमा करिब ४ लाखको लागतमा सरस्वती मन्दिर समेत निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता