चितवनमा भाद्र २२ गते भेटेरन फुट्सल टुर्नामेन्ट हुने

Devghat Online

शेयर गरौ

"मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम (MFT) रहेको छ"

चितवन, भदौ १३

चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। यही भाद्र २२ गते शनिबार, भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । मर्निङ्ग फुटसल टिम (एम.एफ.टि.)) का आयोजक कमिटि सदस्य दिपक पन्तले बताए । पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ ।

३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ। एम एफ टि मर्निङ्ग फुटसलमा १६ ओटा ओटा समुहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । खेल सकिय लगत्तै बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै प्रतियोगिता भरिका सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही रु।२००० नगद प्रदान गरिनेछ । उक्त प्रतियोगिता चितवनको बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा हुने भएको छ।

फुट्सलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले योजना गरेको पन्तले बताए। यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र होइन, व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउने उनले बताए । उक्त खेलमा प्रवेश सुल्क चार हजार तोकिएको छ भने, बिजेता टिमलाई चालिस हजार, त्यस्तै उपबिजेता टिमलाई बिस हजारका साथै मेडल, टफ्रि र प्रमाणपत्र दिईनेछ।

फुट्सलले युवामा शारीरिक, मानसिक, र सामाजिक रूपमा व्यापक सकारात्मक प्रभाव पार्न सक्छ। यस खेलले उनीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, व्यक्तित्व विकास गर्न, मित्रता बढाउन र जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। फुटसलले केवल खेलको उत्साह मात्र होइन, जीवनका महत्त्वपूर्ण मूल्य र कौशलहरू पनि प्रदान गर्ने गर्ने उनले बताए ।

मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा सक्ति प्यानल, चितवन मेडिकल कलेज र चितवन व्हीलर्स रहेका छन् त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक रहनेछ। यस प्रतियोगीताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रीमीयर अटो ट्रेडर्स, र अन्य धेरै उद्योग तथा व्यवसायहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु