क्यान्सर पीडित आलेको उपचारको लागि आर्थिक सहयोग जुट्दै, थापाको एकल प्रयासमा १ लाख ४१ हजार संकलन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

व्यास नपा–१४ केशवटारकी क्यान्सर पीडित ६३ बर्षिय तममाया आलेको उपचारकोलागि आर्थिक सहयोग जुटिरहेको छ । आर्थिक अवस्था कमजोर रहेकी आलेको उपचारकोलागि केशवटारका विभिन्न समाजसेवी तथा संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

व्यास नपा १४ वडा कार्यालयले आलेको उपचारको लागि सबै टोल विकास संस्थाहरु मार्फत आर्थिक संकलन गरेको छ भने युवा क्लव, आमा समुह लगायत संघ संस्थाले पनि आर्थिक संकलन गरिरहेका छन् ।

समाजसेवी भुवनसिंह थापा

यसैविच केशवटारका युवा समाजसेवी भुवनसिंह थापाको एकल प्रयासमा मात्रै हालसम्म १ लाख ४१ हजार १७७ रुपैयाँ क्यान्सर पीडित आलेको उपचारको लागि संकलन भएको छ । थापाले सन्चालन गर्दै आएको भुवनसिंह थापा युट्युव च्यानलको माध्यमबाट आलेको उपचारको लागि सहयोग संकलन सुरु भएको थियो । क्यान्सर पीडित आलेको रोग तथा उनको पारिवारिक आर्थिक अवस्थाको बारेमा आफ्नो युट्युव च्यानलबाट प्रशारण गरेपछि उक्त भिडियो हेरेर सहयोगी व्यक्तिहरुले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाउन थालेको थापाले बताए ।

हालसम्म १ लाख ४१ हजार संकलन भएको र अझ धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाएको थापाले बताए । विशेष गरि व्यास नपा १४ स्थायी घर भई हाल स्वदेश तथा विदेशमा रहनुहुने धेरैले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाउन थालेको थापाले बताए । थापाले आफुलाई प्राप्त भएको रकम र दाताको नाम आफ्नो फेसबुक पेजबाट सार्वजानिक गर्दै आएका छन् । यसले रकमको पारदर्शीता पनि देखाउने र सहयोग गर्न चहाने अन्यलाई पनि उत्साह जाग्ने थापाले बताए । उक्त रकम चाँडै नै आलेको परिवारलाई हस्तान्तरण गर्ने थापाले बताए ।

क्यान्सर पीडित आले र उनका श्रीमानसँग समाजसेवी भुवनसिंह थापा

क्यान्सर पीडित आलेको चितवनको भरतपुर स्थित विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । उनमा गत मंसिरमा मात्र क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएको जानकारी पाएपछि वडाबासीलाई सहयोगको लागि अपिल गरिएको व्यास नपा वडा नम्बर १४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । व्यास १४ का टोल विकास संस्थाहरुले वडा कार्यालय मार्फत सहयोग गरिरहेको र संकलित सबै रकम आलेको परिवारलाई हस्तान्तरण गरिएको वडा सदस्य आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले