बालिका बलात्कारको आरोपीलाई १८ वर्ष कैद सजाय

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

१३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका भानु नपा ४ दोरदोरका २८ बर्षिय राजेश दवाडीलाई तनहुँ जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश चन्द्रकुमार पोख्रेलको इजलासले मंगलबार सजाय निर्धारण गर्दै दवाडीलाई १८ बर्ष कैद तथा पीडितलाई आरोपितबाट १ लाख रुपैयाँ क्षतीपुर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।

दवाडीले २०८० साउन १० गते १३ बर्षिया बालिकालाई बालिकाकै घरमा गई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले २०८० कार्तिक ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

प्रहरीले दवाडीलाई २०८० कार्तिक ६ गते नै पक्राउ गरेको थियो । दवाडी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० कार्तिक २२ गते जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरेको थियो । दवाडी २०८० कार्तिक २३ गतेदेखी जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा