देवघाट बृद्धाश्रमका जेष्ठ नागरिकलाई प्रेस चौतारी चितवनले दर खुवायो

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १९

प्रेस चौतारी चितवनले देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्रद्वारा सन्चालित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई दर खुवाएको छ ।

हरितालिका तीज पर्वको अवसरमा बृद्धाश्रममा रहेका बुवा आमाहरुलाई दर खुवाईएको प्रेस चौतारी चितवनका अध्यक्ष सुभाष पण्डितले बताए । विभिन्न कारण र परिस्थितीको कारण घरपरिवारबाट टाढा रहनु परेका बृद्ध बुवा आमाहरुलाई वर्षको एक दिन चाडपर्वको अवसरमा दर खुवाई उहाँहरुको सुस्वास्थ्य र दिुर्घायुको कामना गरिएको अध्यक्ष पण्डितले बताए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले नेकपा एमाले र यसका भातृ संगठनहरु सँधै जेष्ठ नागरिकहरुको हकहित र पक्षमा लागिरहने बताए । हरितालिका तीजको अवसरमा प्रेस चौतारीले उदाहरणीय कार्य गरेर अत्यन्तै राम्रो सन्देश दिएको अध्यक्ष पाठकले बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुभाष पण्डितको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा प्रेस चौतारी चितवनमा आवद्ध प्रदेश तथा जिल्लाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

देवघाट क्षेत्र विकास समिति अन्तर्गत सन्चालित उक्त बृद्धाश्रममा हाल ३३ जना बृद्धबृद्धाहरु आश्रीत रहेका छन् । सरकारी बृद्धाश्रम भएपनि उक्त आश्रम सन्चालनकोलागि संघीय, प्रदेश र स्थानीय सरकारबाट कुनै पनि सहयोग प्राप्त भएको छैन । विभिन्न दाता र सहयोगी महानुभावहरुबाट प्राप्त सहयोगले बृद्धबृद्धाको दैनिक भोजन र आवासको व्यवस्थापन हुँदै आएको बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा