युरोपको माल्टामा तीज कार्यक्रम मनाइदै

Devghat Online

शेयर गरौ

सेप्टेम्बर ६ , माल्टा

युरोपको माल्टामा आज  नेपालीहरुको महान चाड हरितालिका तीज मनाइने भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एन आरएनए) माल्टाले नेपालीहरुको महान चाड हरितालिका तीजको दिन आज ६ तारीख बेलुका ४ बजेबाट राती १० बजे सम्म जीराको अफ्रियम थ्रीयटरमा  तीज विशेष कार्यक्रम गर्न लागिएको आयोजक संस्था एन आरएनए माल्टाले जानकारी दिएका छन् ।

कार्यक्रमलाई भव्य र सफल बनाउँन लोक गायक सन्तु थापा संगै स्थानीय कलाकारहरूले थप मनोरञ्जन प्रदान गर्ने एनआरएनए माल्टाकी महिला संयोजक धनु लामाले बताइन् ।

संयोजक लामाले प्रवासमा रहेर पनि  एक आपसमा आत्मीयता साटासाट गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यस पर्वलाई जोगाइ राख्न  र विश्वभर रहेका नेपाली नारीहरुको पहिचान काय राख्दै मनोरञ्जन लिन  समेत  यस पर्व  मनाउन लागिएको बताइन् ।

उनले  गत वर्ष विभिन्न कारणबस सोचेजस्तो नभएको भन्दै यसपालि  भब्यताका साथ तीज मनाइने हुँदा सम्पुर्ण नेपाली मनहरुमा सभ्यताका साथ कार्यक्रममा उपस्थित भइदिन समेत अनुरोध गरेकी छिन्। उनका अनुसार नेपालीपन, पहिचान तथा संस्कृति जोगाउन र यस कार्यक्रमले नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाइ  संस्थालाई थप उचाइमा पुर्याउन सकिने विश्वास छ।

कार्यक्रममा सहभागी हुने महिलाहरुका लागि प्रवेश निःशुल्क रहनुका साथै पुरुषका लागि भने ५ युरो तोकिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु

म्याग्दे गाउँपालिकाले दियो ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मा बिदा

तनहुँ । जेठ १४ म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनः रवि र बालेनले पाए क्लिन चिट, रास्वपाका १५ जना सांसदलाई कारवाहीको सिफारिश

काठमाडौं । जेठ १३ जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।