रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत लम्साललाई निजामती सेवा पुरस्कार

Devghat Online

शेयर गरौ

चितवन, भदौ २२

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् ।

नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार प्रमुख प्रशासकीय अधिकृत लम्साललाई प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपिशर्मा ओलीले सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल सरकारका उपसचिव समेत रहेका लम्साल विगत ८ महिना अघिदेखि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत छन् । २७ बर्ष अघि २०५४ साल भदौ १५ गतेबाट निजामती सेवामा प्रवेश गरेका लम्साल मुखिया, खरिदार हुँदै २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रशासन तर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए ।

२०७८ सालमा कार्यक्षमताको आधारमा उपसचिवमा बढुवा भएका लम्साल उनी सेवारत सरकारी कार्यालय, जिल्ला र विभागबाट ११ वटा सम्मान पाइसकेका नेपाल सरकारका कुशल कर्मचारी हुन् । कार्यक्षमतामा अब्बल सावित हुँदै आएका लम्सालसंग अहिले सम्म १८ वटा सरकारी कार्यालयमा काम गरेको अनुभव छ ।

यसैबीच यसैबर्ष लम्साल सेवारत रत्ननगर नगरपालिका पनि स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा देशभरबाट तेस्रो हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सम्मानित तथा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको