बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ २२

राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको पर्यटकीय नगर बन्दीपुरलाई राष्ट्रिय रुपमा चिनाउन तीज सप्ताहन्न उत्सव सफल भएको बताएकी छिन् ।

बन्दीपुरमा गत भदौ १५ गतेदेखी आयोजित तीज सप्ताहन्न उत्सव अन्तर्गत आयोजित खुल्ला तीज गीत प्रतियोगिताको अन्तिम दिन शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद न्यौपानेले तीज उत्सवको कारण बन्दीपुरमा धेरै ठाउँबाट आन्तरिक पर्यटकहरु आएको र यसले बन्दिपुरको थप पर्यटन प्रबद्र्धन हुने बताइन् ।

तीज गीतको माध्यमबाट महिलाहरुले सामाजिक र रानजीतिक बिकृती र विसंगतीको विरुद्धमा आवाज उठाएको भन्दै सांसद न्यौपानेले अव महिलाहरु पनि राजनीतिको मुलधारमा आउनुपर्ने बताइन् । बन्दीपुरको विकासको लागि आफुले सँधै सहयोग र पहल गर्ने भन्दै सांसद न्यौपानेको भनाई थियो ।

बन्दीपुर तीज सप्ताहन्न उत्सवका मुख्य संरक्षक एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस कार्यक्रमले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता अवधि भर कम्तीमा २० हजार हजार बढी सांस्कृतिक पर्यटकहरू आएको अध्यक्ष थापाले बताए ।

बन्दीपुरलाई देश भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि परिचति गराउने मुख्य उद्देश्यले तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक एवं बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेका प्रबन्ध निर्देशक किरण पोख्रेलले बताए ।

बन्दीपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगिता बन्दीपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दीपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू