जामुनेमा आयोजित तीज गीत प्रतियोगितामा पृथ्वी समाज सुधार समूह प्रथम

Devghat Online

शेयर गरौ

दमौली, भदौ २२

हरितालिका तीजको अवसरमा न्यु भिजन युथ क्लव म्याग्दे गाउँपालिका-२ जामुनेको आयोजनामा जामुने बजारमा भएको खुल्ला तीज गीत प्रतियोगितामा गायन तर्फ पृथ्वी समाज सुधार आमा समूह रिसिङ १ प्रथम भएको छ । यसैगरि वेदकालिका आमा समूह म्याग्दे-७ द्वित्तिय, गलम्बास आमा समूह ब्यास-१ तृतीय र शिवशक्ती आमा समूह म्याग्दे-२ सान्त्वना भएको छ ।

यसैगरी नृत्य तर्फ तनहुँ नाच घर ब्यास ४ प्रथम, मनिता सुनाम म्याग्दे-३ द्वितीय र रोजिन श्रेष्ठ म्याग्दे-४ तृतीय भए । प्रतियोगितामा गीत तर्फ १६ र नृत्यु तर्फ १६ टिमको सहभागिता रहेको थियो।

गायन तर्फ प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३, ७ हजार ७७७ र ३ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरि नृत्य तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत हुने सबैलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

न्यु भिजन युथ क्लवका अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर क्षेत्री, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन क्लवका सचिव अमिर श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा गायिका भुमिका गिरीले गीत प्रस्तुत गरेकी थिईन् । सो कार्यक्रममा गरिब तथा विपन्न ५ परिवारलाई जनही ५ हजारको दरले सहयोग उपलब्ध गराईएको क्लवका निवर्तमान अध्यक्ष सन्दिप रानाभाटले जानकारी दिए ।

उक्त कार्यक्रमको शुक्रबार राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गरेकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।