सांसद श्रेष्ठको पहलमा इलाका प्रशासन कार्यालय सिमराले पायो जग्गाको भोगाधिकार

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २३

बारा–४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) को पहलमा इलाका प्रशासन कार्यालय सिमराले जग्गाको भोगाधिकार प्राप्त गरेको छ ।

श्रेष्ठको पहलमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै इलाका प्रहरी कार्यालय सिमराको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालयलाई भोगाधिकार दिने निर्णय गरेको थियो ।

प्रशासन कार्यालयले सिमरामा २०४६ सालदेखि भाडाको घरबाट सेवा प्रवाह दिँदै आएको थियो । ‘मन्त्रालयको यो निर्णयले सिमराबासीको वर्षौंदेखिको सपना पूरा भएको छ,’ श्रेष्ठले भने, ‘त्यो सपना पुरा गराउनका लागि साथ दिनुहुने निवर्तमान प्रधानमन्त्री, निवर्तमान उपप्रधान तथा गृहमन्त्री ज्यूहरु, तत्कालीन मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रसेवक कर्मचारी, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, चौबिसै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य ज्यूहरु र सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता तथा साथ दिने सञ्चारकर्मीहरु धन्यवादको पात्र हुनुहुन्छ ।’

यो कार्यको सुरुवात गर्नका लागि जितपुर सिमराको एयरपोर्ट रोडका व्यवसायीहरु रामचन्द्र लामा, शिव पौडेलको समेत योगदान रहेको श्रेष्ठले बताए । ‘अब इलाका प्रशासन कार्यालयले जग्गा तथा त्यसमाथि बनेको संरचनाको भोगाधिकार प्राप्त गरेको छ,’ उनले भने, ‘मन्त्रालयले गरेको निर्णयको पत्र हामीले मालपोत कार्यालयलाई बुझाएका छौँ अब मालपोतले प्रमाणीकरण गरिसकेपछि इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्नेछ ।’

यो कार्यले जितपुर सिमराबासीलाई धेरै सहयोग गर्ने श्रेष्ठको विश्वास छ । ‘यो प्रक्रिया लामो भएतापनि सरकारले सिमराबासीको आवाज सुनेर निर्णय गरेको छ,’ उनले भने ।

राजधानीमा नेकपा एकीकृत समाजवादीभित्रको विद्रोह छताछुल्ल भइ पार्टी विभाजन हुने भन्ने हल्ला चलिरहेको बेला सांसद श्रेष्ठ आफू भने जनताको काममा तल्लीन रहेको बताउँछन् ।

‘जनताले मलाई पार्टी फुटाउन र जुटाउन जिताएका होइनन्, उनीहरुको सारथी बन्नका लागि जिताएका हुन्,’ उनले भने, ‘मेरो पहिलो प्राथमिकता जनता हुन् उनीहरुको समस्या समाधान गर्नु मेरो दायित्व हो त्यसैले म हल्लाको पछि लाग्ने सांसद होइन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म