गुडिरहेको ट्रकमा स्कुटी ठोकिँदा चालकको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २३

चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ चुनेखोला स्थित नारायणगढ मुग्लिन सडक खण्डमा आइतबार राति ८ः४० बजे भैंसी लिएर काठमाण्डौँ तर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढ तर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षिय कृष्णबहादुर थापा रहेका छन् । गुडिरहेको ट्रकको बायाँ साईटमा ठोक्किदा गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।