कहिले सन्चालन होला देवघाटको हाटबजार ?

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २३

देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा निर्माण गरिएको हाट बजार कहिले सन्चालनमा आउला ?, देवघाटबासी धेरैको मनमा यो प्रश्न आएको छ । तर उत्तर कसले दिने ?

गन्डकी प्रदेश सरकारको सहयोगमा चार वर्ष अघि निर्माण भएको देवघाट हाटबजार यस अघि पटक पटक सन्चालनमा आउने र पटक पटक बन्द हुने हुँदै आएको छ ।

विगतमा कोभिडको कारण बन्द भएको हाटबजार गत वर्ष घटस्थपनाको दिन पुनः सन्चालन भएको थियो । त्यसबेला दशै अवधिभर हाट बजार सन्चालन भएपनि त्यसयता पुनः बन्द भएको छ ।

गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु विक्री गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको सहयोगमा देवघाट गाउँपालिकाले उक्त हाटबजार केन्द्रको निर्माण गरेको थियो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरसँग हाटबजार कहिलेबाट सन्चालन हुन्छ भनेर केही दिन अघि प्रश्न गर्दा उनले भदौ महिना भित्र सन्चालन गर्ने बताएका थिए । भदौ महिना सकिन अव एक साता बाँकी रहँदा वडा अध्यक्ष कुँवरले भने झैं भदौ महिना भित्र हाट बजार सन्चालन हुन्छ की हुँदैन प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर