कहिले सन्चालन होला देवघाटको हाटबजार ?

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २३

देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा निर्माण गरिएको हाट बजार कहिले सन्चालनमा आउला ?, देवघाटबासी धेरैको मनमा यो प्रश्न आएको छ । तर उत्तर कसले दिने ?

गन्डकी प्रदेश सरकारको सहयोगमा चार वर्ष अघि निर्माण भएको देवघाट हाटबजार यस अघि पटक पटक सन्चालनमा आउने र पटक पटक बन्द हुने हुँदै आएको छ ।

विगतमा कोभिडको कारण बन्द भएको हाटबजार गत वर्ष घटस्थपनाको दिन पुनः सन्चालन भएको थियो । त्यसबेला दशै अवधिभर हाट बजार सन्चालन भएपनि त्यसयता पुनः बन्द भएको छ ।

गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु विक्री गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको सहयोगमा देवघाट गाउँपालिकाले उक्त हाटबजार केन्द्रको निर्माण गरेको थियो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरसँग हाटबजार कहिलेबाट सन्चालन हुन्छ भनेर केही दिन अघि प्रश्न गर्दा उनले भदौ महिना भित्र सन्चालन गर्ने बताएका थिए । भदौ महिना सकिन अव एक साता बाँकी रहँदा वडा अध्यक्ष कुँवरले भने झैं भदौ महिना भित्र हाट बजार सन्चालन हुन्छ की हुँदैन प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।