प्रथम देवपुर कप फुटवल तथा सातौं देवपुर महोत्सवबारे सार्वजनिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २५

देवघाटमा खेलकुँद तथा अन्य सांस्कृतीक कार्यक्रम सम्पन्न भएपछि सार्वजानिक सुनुवाई गर्ने चलन सुरु भएको छ । देवघाट युवा जागरण समाजको आयोजनामा गत साता देवघाटमा सम्पन्न प्रथम सेन्ट्रल कलेज महिला फुटवल प्रतियोगताको बारेमा समाजले गत भदौ २२ गते पहिलो पटक सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।

यसअघि जतिपनि खेलकुँदका कार्यक्रम हुन्थे, कसैले पनि सार्वजानिक सुनुवाईको आयोजना गरेका थिएनन् । देवघाट युवा जागरण समाजले सार्वजानिक सुनुवाई कार्यक्रम अयोजना गरेपछि भने अन्य संघ संस्थाले पनि सार्वजानिक सुनुवाई गर्न थालेका छन् ।

यसैक्रममा देवपुर गाउँ सुधार समितिको आयोजनामा २०८० कार्तिक २५ गते आयोजित सातौं देवपुर सांस्कृतिक महोत्सव र गत साउन १८ देखी २६ गतेसम्म आयोजित सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिताको बारेमा मंगलबार देवघाटमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी अधिकांशले अव जुनसुकै कार्यक्रम सम्पन्न भएपछि सार्वजानिक सुनुवाई गर्नु पर्ने कुरामा जोड दिएका थिए भने देवघाटमा बाँदर आतंकले समस्या पारेको हुँदा बाँदर नियन्त्रण गर्न गाउँपालिकाले विशेष कार्यक्रम ल्याउनु पर्ने पनि बताएका थिए ।

उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटमा रहेको समस्याहरु पहिचान गरि बिकासको कामलाई तिव्रता दिनुपर्ने बताए देवघाटको मुख्य समस्या बाँदर आतंक पनि रहेको भन्दै उपाध्यक्ष गुरुङले बाँदर आतंक नियन्त्रण गर्न निकै गाह्रो रहेको बताए । बाँदर आतंकलाई नियन्त्रण गर्न चाँडै नै सर्वपक्षीय छलफल गरि निर्णय गर्नुपर्ने उपाध्यक्ष गुरुङले बताए ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले सार्वजानिक सुनवाई कार्यक्रमले कार्यक्रमको पारदर्शीता देखाउने र भविष्यमा पनि कार्यक्रम गर्न सहज हुने बताए । आचार्यले देवघाट गाउँपालिका भरि रहेका ६८ वटा टोलविकास समितिहरु मध्ये देवपुर गाउँ सुधार समिति सबैभन्दा सक्रिय रहेको बताए । उनले देवघाटमा रहेको बाँदर नियन्त्रण गर्न गाउँपालिकाले चाहेर मात्र नहुने र यसकोलागि सबैपक्षको सहमती र सहकार्य हुनु पर्ने बताए ।

वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष यालबहादुर गुरुङले अव भविष्यमा हुने सबै कार्यक्रमको सार्वजानिक सुनुवाई गर्नु पर्ने सन्देश यस कार्यक्रमले दिएको बताए । देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले देवघाटमा पर्यटनको लागि सम्भावना क्षेत्रहरुलाइ पहिचान गरेर सो ठाउँलाई स्थानिय सरकाले प्राथमिकता दिई बिकास गर्नुपर्ने बताए । देवघाटमा बाँदरको आतंक नियन्त्रण गर्न आफुले पनि पहल गरेको भारतीले बताए ।

देवपुर गाउँ सुधार समितिका अध्यक्ष सुकु गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल, देवघाट युवा जागरण समाजका पुर्व अध्यक्ष विकास ढकाल, मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरी, देवघाट युवा तथा खेलकुँद विकास समितिका अध्यक्ष अमर फेवाली, खेलकुद समितिका वडा अध्यक्ष खेम राना लगायतले मन्तव्य राखेका थिए ।

सेन्ट्रल कलेज भरतपुरको मुख्य प्रायोजनामा गत साउन १६ देखी २५ गतेसम्म भएको प्रथम देवपुर सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा आम्दानी तर्फ ४ लाख ८६ हजार ७८१ रुपैयाँ भएको थियो भने खर्च तर्फ ४ लाख २७ हजार ९६८ रुपैयाँ भई ५८ हजार ८१२ रुपैयाँ बचत भएको र उक्त बजत रकम टोल विकास संस्थाको बैंक खातामा जम्मा गरिएको प्रतियोगिताका आर्थिक सयोजक प्रेम वहादुर थापा मगरले बताए ।

यसैगरि २०८० कार्तिक २५ गते सम्पन्न भएको सातौं देवपुर सास्कृतिक महोत्सवकमा आम्दानी तर्फ ४ लाख ७४ हजार १० रुपैयाँ भएको थियो भने खर्च तर्फ ४ लाख २ हजार २५० रुपैयाँ भई उक्त कार्यक्रममा ७१ हजार ७६० रुपैयाँ बचत भएको र उक्त बचत रकम पनि टोल विकास संस्थाको खातामा जम्मा गरिएको आर्थिक संयोजक थापा मगरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र