सरकारी कार्यालयमा बसेर कर्मचारीले सेयर कारोबार गर्न नपाउने

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २५

सरकारी कार्यालयमा सेयर कारोबारका लागि टीएमएस चलाउन नपाइने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कार्यलयमा टीएमएस नचलाउन सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो।

कार्यालय समयमा सेयर कारोबार गर्दा सेवामा समस्या आएको भन्दै दोस्रो बजारमा कारोबार गर्न निषेध गरेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा टीएमएस प्रयोगमा निषेध लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई सिफारिस गरेको थियो।

सोही सिफारिसपछि कार्यालयले सचिवहरूलाई पत्र लेख्दै टीएमएस नचलाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। यसअनुसार कर्मचारीले दोस्रो बजारमा कारोबार गर्ने नगर्नेबारे निगरानी पनि राख्न निर्देश गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको र यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको बताउँदै यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको जनाएका छन् ।

सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको भन्दै प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु