देवघाटको रातमाटे सुन्दरबस्ती र देवपुर टोलमा बृहत सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिका–५ स्थित रातामाटे सुन्दरबस्ती टोल र देवपुर गाउँ सुधार टोलमा शनिबार बृहत सरसफाई गरिएको छ । नियमित सरसफाई प्रति टोलका उपभोक्तामा जागरण ल्याउन र लामखुट्टेको कारण लाग्ने डेंगु रोग नियन्त्रणको लागि सरसफाई गरिएको रातामाटे सुन्दरबस्ती टोलबिकास संस्थाका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

वडा नम्बर ५ कै नमुना टोल बनेको रातामाटे सुन्दरवस्ती टोलमा प्रत्येक शनिबार नियमित रुपमा सरसफाई गरिँदै आएको अध्यक्ष डा.श्रेष्ठले बताए । रातामाटे सुन्दरबस्ती देवघाट वडा नम्बर ५ को नमुना गाउँ बन्नेमा स्वास्थ्य र सरसफाई प्रति टोलका नागरिकहरुको जागरण नै मुख्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि वडा नम्बर ५ स्थित देवपुर गाउँ सुधार समिती पनि शनिबार टोल क्षेत्रमा बृहत सरसफाई गरेको छ । उक्त टोलले पनि प्रत्येक शनिबार नियमित सरसफाईको कार्यक्रम गर्र्दै आएको देवपुर गाउँ सुधार समितिका अध्यक्ष सुकुलाल गुरुङले बताए ।

देशव्यापी रूपमा फैलिएको डेंगु रोग रोकथाम र नियन्त्रणको लागि टोल वरपर नियमित रुपमा सरसफाई गर्नु पर्ने अध्यक्ष गुरुङले बताए । उक्त सरसफाइ कार्यक्रममा देवपुर टोलका सबै घरका नागरिकहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण