देवघाटका मृगौला पीडित थापा बचाउ अभियान समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिका वडा नम्बर २ नरमका मृगौला पीडित ४९ वर्षीय यम बहादुर थापाको उपचारको लागि आर्थिक सहयोग संकलनको लागि यमबहादुर थापा बचाउ अभियान समिति गठन गरिएको छ ।

कछार सेवा सरोकार समाज देवघाटको आयोजनामा शुक्रबार भएको भेलाले मृगौला पीडित थापाकै कान्छा भाई हिरा थापा मगरको संयोजकत्वमा १३ सदस्यिय यमबहादुर थापा बचाउ अभियान समिति गठन गरिएको हो ।

उक्त समितिका सदस्यहरुमा देवघाट–२ नरम टोल विकास संस्थाका अध्यक्ष पुर्ण सिंह जर्घा, घण्टाचुली टोलका अध्यक्ष शेरबहादुर गुरुङ, देवघाट–२ फागुन्डीका युवा समाजसेबी नरेश थापा मगर, नरमका युवा समाजसेवी इन्द्रबहादुर राना, गोविन्द थापा, देवघाट–३ छिपछिपेका रवीन्द्र गुरुङ, कर्ण गुरुङ, देवघाट–१ कोटाका सन्जोक आले, गैंडाकोट नपा–६ का ओमबहादुर थापा, गैंडाकोट नपा–१ का भुवन बहादुर थापा, भरतपुर गोन्द्राङका वीर बहादुर थापा, देवघाट–२ कभ्राखोला घर भै हाल साउदीमा रहेका खड्कबहादुर गुरुङ रहेका छन् ।

४९ वर्षीय यम बहादुर थापाको विगत तीन वर्ष अगाडि देखि दुबै मृगौलामा समस्या देखिएको र हस्पिटलमा नियमित चेक जाँच र उपचार गराउदै आईरहेको उनका भाई हिरा थापा मगरले बताए । यमबहादुरको हाल उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भैरहेको छ । दुबै मृगौलामा समस्य देखिएकोले नियमित डाईलासिस गर्नु पर्ने अस्पतालका मृगौला रोग विशेषज्ञ डा. माधव घिमिरेले बताए ।

इमबहादुरको मृगौला रोगको उपचार निकै महङ्गो हुने भएकोले उपचारको लागि बचाउ अभियान समिति गठन गरिएको कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क पामी आलेमगरले बताए ।

यमबहादुरको उपचार सहयोग गर्न चहानुहुने महानुभावहरुले सिदार्थ वैंक लिमिटेड दमौली शाखामा रहेको हिरा थापा मगरको खाता नम्बर ०३२१७७९२८१० मार्फत आफुले सकेको सहयोग गरिदिनुन हुन उनले अनुरोध गरेका छन् । साथै मोवाइल नम्बर ९८६६६९०६७२ मा सम्पर्क गरि सहयोग उपलब्ध गराउन सकिने थापाले जनाएका छन् ।

थापाको उपचार सहयोगको लागि देश विदेशमा रहनुहुने देवघाटबासीहरुले आर्थिक सहयोग गरेका छन् । देवघाट गाउँपलिका घर भई हाल देश तथा बिदेशका विभिन्न ठाउँमा रहनुहुने व्यक्ति तथा संघ संस्थाहरु, टोल विकास संस्था, विद्यालयहरुले पनि सहयोग गरेको हिराले बताए ।
यमबहादुरको उपचारकोलागि देवघाट–२ स्थित कालिगंगा माविका शिक्षक तथा कर्मचारीहरुले १८ हजार ४९८ रुपैयाँ र वडा नम्बर ३ स्थित बालकेश माविका शिक्षक तथा कर्मचारीहरुले १४ हजार १३० रुपैयाँ उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा