महिला उद्यमी संघ तनहुँ देशभरीमै प्रथम

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३०

महिला उद्यमी संघ तनहुँ दशभरीमै प्रथम भएको छ । देशका ७० जिल्लामा शाखा रहेको महिला उद्यमी महासंघको तनहुँ शाखा प्रथम भएको हो ।

महिला उद्यमी महासंघको काठमाडौंमा सम्पन्न एक्काइसौं साधारणसभाको अवसरमा प्रथम हुने महिला उद्यमी संघ तनहुँलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र महासंघकी अध्यक्ष सोभा ज्ञवालीले प्रथम हुन सफल महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ललाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।

उक्त साधारणसभामा तनहुँबाट अध्यक्ष निर्मला मल्ल सहित महासचिव सरु श्रेष्ठ, सदस्यहरु मन्जु श्रेष्ठ र बेलु श्रेष्ठ सहभागि थिए । देशभरीमै प्रथम हुन सफल महिला उद्यमी संघ तनहुँले तनहुँका उद्यमी महिलाहरुको हक हितमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण