बन्दीपुरमा दरवन्दी भन्दा बाहिरका कर्मचारीहरुको करार सम्झौता अन्त्य

Devghat Online

शेयर गरौ

बन्दीपुर, असोज १

बन्दीपुर गाउँपालिकाले दरबन्दी बाहिरका कर्मचारीको करार सम्झौता अन्त्य गरेको छ । बन्दीपुर गाउँ पालिका कार्यपालिकाको सोमबार बसेको बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट तलबभत्ता भुक्तान गरिने गाउँपालिका र वडा कार्यालयहरुमा दरवन्दी भन्दा बाहिर रही करारमा कार्यरत ८ जना कर्मचारीहरुको मिति २०८१ भाद्र मसान्तबाट करार सम्झौता अन्त्य गरी म्याद थप नगर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार करारबाट पदपूर्ति गर्न नमिल्ने पदहरुमा करारबाट पदपूर्ति गरी गाउँपालिकाले तलबभत्ता भुक्तानी गरेको तथा उक्त कार्य प्रचलित ऐन, नियम बमोजिम अनियमित हुने भनी महालेखा परिक्षकको प्रतिवेदनमा समेत पटक पटक उल्लेख भए बमोजिमका दरवन्दी भन्दा बाहिरका पदहरु मध्ये सहायकस्तर चौथो तहमा कार्यरत ६ जना र २ जना कार्यालय सहयोगी गरि ८ जना कर्मचारीहरुको करार सम्झौता अन्त्य गरिएको र क्रमशः स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका शाखाहरुमा कार्यरत दरबन्दी भन्दा बाहिरका अन्य पदहरुमा कार्यरत कर्मचारीहरुको सन्दर्भमा पनि कार्यपालिकाबाट निर्णय गरि म्याद थप अन्त्य गरिने तथा प्रचलित ऐन, कानुन बमोजिम नियुक्तीको प्रक्रिया अगाडी बढाईने बताए।

अध्यक्ष थापाका अनुसार गाउँपालिकालाई चालु आर्थिक बर्ष देखी नै भ्रष्टचारमा शुन्य सहनशिलता तथा बेरुजु मुक्त पालिकाको रुपमा अगाडि बढाउनका लागि यस्तो निर्णय गरिएको बताए । साथै अध्यक्ष थापाले सम्पूर्ण बन्दीपुरबासीहरु समक्ष करार सम्झौता अन्त्य गर्ने निर्णयलाई राजनैतिक पूर्वाग्रहको रुपमा नलिई सुशासन कायम तथा आर्थिक अनियमितताको अन्त्यका लागि गाउँपालिकाले लिएको पारदर्शी र दुरदर्शी निर्णयको रुपमा लिई समृद्ध बन्दीपुर निर्माणका लागि गाउँपालिकालाई रचनात्मक सल्लाह, सुझाव तथा सहयोग गर्नुहुन आग्रह गर्नुका साथै करार सम्झौता अन्त्य भएका कर्मचारीहरुलाई समेत निजहरु कार्यरत रहदाँ गाउँपालिकाको सेवा प्रवाहमा पुर्याउनुभएको अतुलनिय योगदानको उच्च मूल्याङ्कन सहित अध्यक्ष थापाले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी