सहायक प्रजिअ, समन्वय अधिकारी र तिन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

Devghat Online

शेयर गरौ

दमौली, असोज ३

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी र तिन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । गृहमन्त्रालयले तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको सरुवा गरेको छ । भण्डारी गृह मन्त्रालयमा सरुवा भएको हो । भण्डारीको स्थानमा सिन्धुपाल्चोकबाट जितबहादुर भण्डारी आउने भएका छन् ।

यसैगरि जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेलको पनि सरुवा भएको छ । उनको जिल्ला समन्वय समिति मुस्ताङमा सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौडेलको सरुवा गरेको हो । उनको स्थानमा नेपाल ट्रष्टको कार्यालयबाट रोशन अर्यालय आउने भएका छन् ।

यसैगरि संघीय मामिला मन्त्रालयले भिमाद नपा, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरेको छ । भिमादका प्रमुख प्रशाशसकीय अधिकृत मोहनप्रसाद मरासिनीको संघिय मामिला मन्त्रालयमा सरुवा भएको छ, भिमादको प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला समन्वय समिति पर्वतबाट कमल पुन आउने भएका छन् ।

यस्तै देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा गुल्मीको इश्मा गाउँपालिकाबाट दिनेश सारु आउने भएका छन् भने ऋषिङका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटको मुख्यमन्त्रीको कार्यालय गन्डकी प्रदेशमा सरुवा भएको छ । ऋषिङमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका